आजदेखि राप्रपाको महाधिवेशन सुरु

मङ्सिर ६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया आजदेखि सुरु हुँदैछ । आउँदो १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौमा हुने महाधिवेशनका लागि देशका तीन सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयनको लागि चुनाव हुने राप्रपाले जनाएको छ । दुई हजार नौ सय ७० प्रतिनिधि छनोटका लागि आज, भोलि र पर्सि महाधिवेशन प्रतिनिधिको चुनाव हुने तालिका छ । राप्रपाले हरेक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट गर्ने जनाएको छ । यसअघि गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरु पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि राप्रपाले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.