आजदेखि तानसेन-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

मंसिर ८
पाल्पा-
तानसेन तम्घास सडकखण्ड आजदेखि दैनिक ११ घण्टा बन्द हुने भएको छ । तानसेन–रिडी–तम्घास सडकखण्डको पाल्पा जोर्ते आसपास क्षेत्रमा बाटो चौडा गर्ने कार्य भइरहेकाले आउँदो २२ गतेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सडक दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ । सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावस्यक बाहेकका गाडीलाई रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाले सूचना निकालेर जनाएको हो ।

सर्वसाधारणले भने सडक डिभिजन कार्यालयले बाटो बन्द गर्न सूचना निकाल्ने तर बाटो बन्द भएका बेला ठेकेदारलाई काम द्रुत गतिमा गराउनेतर्फ भने ध्यान नदिएको गुनासो गर्दैै आएका छन् ।

भएका बाटा समेत सुधार गर्न नसकेको सडक डिभिजन कार्यालयले बाटो मर्मत तथा सुधार गर्ने नाममा सर्वसाधारणलाई सास्ती दिएर समयमा काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.