क्याट्रिनाले विवाहको तयारीका लागि कामबाट ब्रेक लिइन्

मंसिर ८
बलिउड अभिनेत्री क्याट्रिना कैफ चाँडै नै अभिनेता विक्की कौशलसँग वैवाहिक बन्धनमा बाँधिनेवालामा छन् । आगामी डिसेम्बरमा क्याट्रिना र विक्की वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार विवाहको तयारीका लागि क्याट्रिनाले कामबाट ब्रेकसमेत लिइसकेकी छन् । अब उनले आफ्नो केही कमर्सियल र इभेन्ट्सको शूट मात्र गर्ने भएकी छन् । त्यसपछि उनले बाँकी समय आफ्नो विवाहको तयारीमा खर्चने भएकी छन् ।

विक्की कौशल भने अझैँपनि आफ्नो प्रोफेशनल कमिटमेन्टका कारण ब्यस्त रहेको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । तर, विक्कीका भाई सनी कौशल र उनकी आमा भने विवाहको तयारीमा लागिपरेका छन् । क्याट्रिनाले विक्की कौशलको परिवारसँग विवाहको तयारीका लागि कोर्डिनेट गर्दै आएकी छन् । अब चाँडैनै क्याट्रिना र विक्कीले आफ्नो विवाहको औपचारिक अनाउन्समेन्ट गर्नसक्नेछन् ।

क्याट्रिना र विक्कीले डिसेम्बरको पहिलो साता राजस्थानमा विवाह गर्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । विवाहका लागि उनीहरुले सवाई माधोपुरस्थित सिक्स सेन्सेस फोर्ट बरवाडालाई फाइनल गरेका छन् । विहेपछि उनीहरु मुम्बईको जुहुस्थित नयाँ अपार्टमेन्टमा सर्नेजानकारी रहेको छ ।
-एजेन्सी ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.