तेलको मूल्य वृद्धि नियन्त्रण गर्न अमेरिकाले आपूर्ति बढाउने

मंसिर ८
अमेरिकाले तेलको विश्वव्यापी मूल्य वृद्धिलाई नियन्त्रण गर्ने उद्धेश्यले तेलको आपूर्ति बढाउने भएको छ । राष्ट्रपति जो बाइडेलनले आफ्नो रणनीतिक तेल भण्डारणबाट ५ करोड ब्यारेल कच्चा तेल निकालेर बढ्दो मूल्य नियन्त्रण गर्न आदेश दिएका हुन् ।

इन्धन खपत गर्ने मूख्य देशहरु चीन, भारत, युके, जापान र दक्षिण कोरियासंगको समन्वयमा बाइडेनले यस्तो आदेश दिनुभएको हो । यो कदमबाट इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्न मद्धत पुग्ने विश्वास राष्ट्रपति बाइडेनले लिएको ह्वाइटहाउसले जनाएको छ ।

उपभोक्ताले बढ्दो मूल्यका कारण ग्यास स्टेशनहरुमा पीडा महसुश गरेको भन्दै ह्वाइट हाउसका प्रवक्ताले आगामी डिसेम्बर मध्यसम्ममा उक्त मात्राको तेल निकाले पछि राहत मिल्ने बताएका छन् ।

थप हस्तक्षेप गर्नुपर्ने अवस्था आयो भने पनि अमेरिका त्यसका लागि तयार रहेको पनि राष्ट्रपति बाइडेनको भनाइ छ । अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ३ दशमलव ४ डलर पुगेको छ जुन अघिल्लो वर्षको यही समयको दोब्बर हो । एक ग्यालनमा साढे चार लिटर भन्दा बढी मात्रा हुने गर्दछ ।

अमेरिकाले प्राकृतिक महामारी, राष्ट्रिय सुरक्षालगायतका ठूला आवश्यकताको बेला प्रयोग गर्ने गरी टेक्सस र लुजियाना राज्यमा आकस्मिक तेल भण्डार खडा गरेको थियो । सन १९७५ मा खडा गरिएको उक्त भण्डारमा ७० करोड ब्यारेल बढी तेल भण्डारण रहेको अनुमान गरिन्छ । -एजेन्सी

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.