पाल्पा काङग्रेसको सभापतीमा कृश्ण बस्याल र हिमालदत्त श्रेश्ठको भिडन्त

नारायण न्यौपाने
पाल्पा, मंसिर १०,
नेपाली काङग्रेस पाल्पाको दशौँ महाधिवेशनमा पाल्पा जिल्लाको नेतृत्वका लागि २ जना बिच भिडन्त हुने भएको छ । आज तानसेनको नगरपालिकामा हुने अधिवेशनमा बगनासकाली गाउँपालिकाका कृश्ण बस्याल र तानसेनका हिमालदत्त श्रेश्ठ बिच चुनावी मैदानमा भिडन्त हुने काङग्रेस स्रोतले जनाएको छ । हिजो राति अबेरसम्म जिल्ला सभापतीको दाबी गरेका यमलाल तिमल्सीना, कल्प पौड्याल, ज्ञानबहादुर गाहा र देवराज ढकालले उमेद्दवारी नदिने भएका छन । सहमतिको सभापतीमा तिमल्सीना बलिया मानिएपनी बर्तमान जिल्ला सभापती बिरबहादुर रानाले अस्विकार गरेपछी उनी पछि हटेका छन । तिमल्सीनाले बस्याललाइ सहयोग गर्ने बताएका छन । कल्प पौड्यालले पनि आफ्नो टिमले बस्याललाइ सहयोग गर्ने बताएका छन । त्यस्तै देबराज ढकालले पनी बस्याललाइ समर्थन गर्ने स्रोतले बताएको छ । बस्याललाइ ढकाल र तिमल्सीनाको सहयोग हुनु भनेको उनलाइ जिल्लामा देखिएको पौड्याल र देउवा पक्ष दुबैको साथ हुनु हो । यसले बर्तमान सभापति बिर बहादुर रानाको श्रेश्ठलाई सभापती बनाउने रणनितीमा धक्का लाग्ने कतिपयको अनुमान छ ।

हिमालदत्त श्रेश्ठलाइ बर्तमान जिल्ला सभापती बिरबहादुर रानाले साथ दिएका छन । त्यस्तै ज्ञानबहादुर गाहाको पनी श्रेश्ठलाई समर्थन छ । महाधिबेसन प्रतिनिधीमा बस्याल भन्दा ३३ मत बढि ल्याएका श्रेश्ठ र बस्यालको निर्वाचन क्षेत्र भने एउटै हो । यसले महाधिवेसन प्रतिनिधीको रुपमा आएको भोटलाइ कायम गर्ने सम्भावना कम हुने नेताहरुले बताएका छन ।

पाल्पामा देखिएको प्यानलनै बिभाजित देखिएपछी परिस्थिती नेतृत्वले सोँचे जस्तो नहुने देखिएको छ । यसले प्यानल भन्दा ब्याक्तिगत लोकप्रियता, उमेद्दवारको तयारी र निकटता संग नतिजा भर पर्ने देखिन्छ ।

अधिबेसनका लागि अहिले बिहान ९ बजेदेखि ९.३० सम्म मतदाता नामावली प्रकाशन, ९.३० देखि ११ बजेसम्म मनोनयन, ११ देखि ११.३० सम्म उमेद्दवारी उपर दाबि बिरोध, १२.१५ बजे अन्तिम नामावली प्रकाशन र १.३० बजे निर्वाचन हुने छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.