पार्टीको कार्यकारी पदमा नबस्ने एमाले नेता पण्डितको घोषणा

मंसिर १३, २०७८ सोमबार ,काठमाण्डाै – नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ ।उपाध्यक्षको आकाङ्क्षी रहनुभएका पण्डितले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकाे बन्द सत्रमा पेस गर्नुभएको सूचीमा उहाँको नाम केन्द्रीय सदस्यमा थियो । तर उहाँले केन्द्रीय सदस्य अस्वीकार गर्दै अब पार्टीको सङ्गठित सदस्य मात्रै रहने घोषणा गर्नुभएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.