२४ घण्टामा २ लाख ११ हजार जनाभन्दा धेरैले काेराेनाविरुद्धकाे खाेप लगाए

मंसिर १४, २०७८ मंगलबार ,काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई लाख ११ हजार जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सरकारले देशभर १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइरहेकामा पछिल्लो एकै दिन दुई लाख ११ हजार पाँच सय ५३ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।योसहित नेपालमा ८४ लाख ३७ हजार आठ सय ६० जनाले पूर्ण मात्रा र ९८ लाख ७९ हजार ६ सय ४८ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी ६ हजार चार सय ६९ जनाको नमुना परीक्षण गर्दा दुई सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५६ जना निको भएका छन् । याेसहित काेराेना सङ्क्रमणबाट मुक्त हुनेकाे सङ्ख्या आठ लाख दुई हजार नाै सय नाै पुगेकाे छ । यही अवधिमा थप दुई जनासहित कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय २६ जना पुगेको छ । अहिले नेपालमा ६ हजार नौ सय ३१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.