रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

मंसिर १६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा अभिनेत्री रेखा थापाले उम्मेदवारी दिने भएकी छन् । हिजो बुधबारदेखि काठमाडौंमा शुरू भएको एकता महाधिवेशनमा थापाले महामन्त्री पदमा उम्मेदवारी दिन लागेकी हुन् । राप्रपामा ६ जना महामन्त्री रहने विधानमा प्रस्ताव गरिएको छ । तीमध्ये १ महिलासहित ३ जना अनिवार्य निर्वाचित हुने पर्ने व्यवस्था छ । थापाले अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.