कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

मंसिर १७
राष्ट्रिय परीक्ष बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बोर्डले आज शुक्रबार बिहान ९ बजे बोड बैठक समेत बोलाएको छ । कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागिएको हो । बोर्डका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । उक्त परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.