तिनाउ गाउपालिकामा अपांगता परिचयपत्र वितरण

मंसिर १८
पाल्पा – तिनाउ गाउँपालिकाले गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङगता परिचय पत्र वितरण गरेको छ। मंसिर १६ र १७ गते गरी दुई दिनमा ३३ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको गाउपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी गराउनु भएको छ।

जस मध्ये एकजनालाई रातो १२ जनालाई नीलो ११ जनालाई पहेलो र ९ जनालाई सेतो परिचयपत्र वितरण गरिएको हो। पाल्पा जिल्ला अस्पतालका डाक्टर प्रकाश न्यौपाने बाट अपाङ्गता पहिचान गरिएको थियो। त्यसको लागि अपाङ्गता सहयोगी संस्था (CBR) कार्यक्रम संयोजक कृष्ण जि आर को सहजिकरणमा प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ द्धरा प्रमाणपत्र प्रमाणित गरी प्रदान गरिएको थियो।

नेपाल सरकारले बनाएको मापदण्ड अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई क ख ग र घ गरी चार वर्गमा वर्गीकरण गरिएको छ। जसमध्य क वर्गलाई रातो, ख वर्गलाई निलो,ग वर्गलाई पहेलो र घ वर्गलाई सेतो रङको प्रमाणपत्र दिइने प्राबधान रहेको छ। हाल क वर्गलाई मासिक रू ४ हजार र ख वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक रू २१२८ भत्ताको व्यवस्था नेपाल सरकारले गरेको छ , भने ग र घ वर्गका व्यक्तिहरूलाई लोकसेवा आयोग वा अन्य क्षेत्रमा कोटा छुट्याएर अवसर प्रदान गरेको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.