गोरू काटेको अभियोगमा ५ जना पक्राउ

मंसिर २२
मुस्ताङ – बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ बस्ने ४० वर्षीय आङ्गा गुरुङ लगायत ५ जनालाई गोरू काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित कागबेनीमा गोरू काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.