कांग्रेसको १४औं महाधिवेशन भृकुटीमण्डपमा शुरू

मंसिर २४ – प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो गरी भर्खरै महाधिवेशनको औपचारिक समारोह शुरू भएको हो । पार्टीका स्वर्गीय नेताहरू वीपी कोइराला, सुवर्ण शमशेर, गिरिजा प्रसाद कोइराला र सुशील कोइरालालगायत नेताहरूको तस्वीरमा मल्यार्पण गरेर १४औं महाधिवेशनको उद्घाटन समारोह शुरू गरिएको हो । महाधिवेशनमा देशका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४ हजार ७०० जना महाधिवेशन प्रतिनिधि सहभागी भएको छ । महाधिवेशन उद्घाटनका लागि भृकुटीमण्डपमा २५० जना अट्ने मञ्च बनाएको छ । त्यस्तै एक हजार जना स्वयंसेवक परिचालन, तीन घेराको सुरक्षा प्रबन्धलगायत व्यवस्था महाधिवेशनमा गरिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.