शेयर बजार आज उच्च अङ्कले वृदि

मंसिर २८
पछिल्लो समय लगातार आरोलो लागिरहेको शेयर बजार आज मङ्गलवार भने उच्च अङ्कले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको शेयर बजार साढे १२ बजे पाँच प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । त्यसपछि खुलेको बजार फेरि उकालो लागेर ६ दशमलव एक प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको हो । नेप्से एक सय ३७ दशमलव आठ अङ्कले बढेर दुई हजार चार सय १८ दशमलव ८४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयरमा हरियाली देखिएको छ । आज दुई सय २० वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई वटा बाहेक सबैको शेयर बढेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.