राष्ट्रिय परीक्षा बाेर्डकाे अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने मन्त्रिपरिषद्काे निर्णय

पुस ९, २०७८ शुक्रबार ,काठमाण्डाै – सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । आज शुक्रवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

त्यस्तै सरकारले क्रिसमस ‘डे’ को अवसरमा भाेलि पुस १० गते शनिवार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रूपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डार्क सेवा, ईएमएस महसुल पुनः पुनरावलोकन गर्ने निर्णयसमेत गरेको बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.