माओवादी केन्द्रको पदाधिकारी सङ्ख्या १५ हुने, महाधिवेशनको मिति लम्बियो

पुस ११, २०७८ आइतबार ,काठमाण्डाै – नेकपा माओवादी केन्द्रको पदाधिकारी सङ्ख्या १५ हुने भएको छ ।महाधिवेशन सुरु हुनु अघि बसेको केन्द्रीय समिति बैठकले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने गरी पदाधिकारी सङ्ख्या १५ हुने निर्णय गरेको हो । यस्तै, बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

यस्तै, महाधिवेशनको मिति पनि लम्ब्याउँदै दुई दिन थप गरिएको छ । राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि छलफल लम्बिने भन्दै दुई दिन समय थप गरिएको हो । यसअघि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि मङ्गलवारसम्म हुने भनिएको थियो । माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन दिउँसो तीन बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.