नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउँदैछ:डब्ल्यूएचओ

पुष १५
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने चेतावनी दिएको छ । युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्ल्यूएचओका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो चेतावनी दिएका हुन् ।

‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन भने स्वास्थ्यकर्मीमा चाप बढ्न थालेको छ । कोभिडका नयाँ संक्रमणल संक्रमितको सुनामी ल्याउनेछ,’ डा.गेहब्रेयससले भनेका छन् । डब्ल्यूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमण फैलिएपछि विभिन्न देशहरुले बुस्टर डोज दिन शुरू गरेका छन् । युरोपका विभिन्न देशहरुमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् । फ्रान्स र बेलायतमा अप्रत्यासित रुपमा दैनिक संक्रमितहरुको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतमा राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्रीकालीन कफ्र्यू घोषणा गरिएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.