शवसहित मलामी बोकेको बस दुर्घटना ३ जनाको मृत्यू

नारायण न्यौपाने
पाल्पा, पौष १८
बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै बस दुर्घटना हुदाँ ३ जनाको मृत्यू भएको छ । लु १ ख ७२७९ नम्बरको बस तानसेन गुल्मी सडक खण्डको लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष कुमार भट्टराइले जानकारी दिएका छन । बसले केही यात्रुलाइ चाँपेकाले मृतकको सङख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।
बसले मलामी बोकेको थियो । दुर्घटनामा परी घाइते भएका ८ जनाको उद्वार गरी उपचारको लागि तानसेन ल्याइएको छ । बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन ्। उद्वारकार्य अहिले पनि जारी छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.