जीवनबहादुर शाही, प्रदीप पाैडेल र कल्याण गुरुङ केन्द्रीय सदस्यमा मनाेनीत

पुस १८, २०७८ आइतबार ,काठमाण्डाै – नेपाली कांग्रेसका थप तीन नेता केन्द्रीय सदस्यमा मनाेनीत भएका छन् ।पार्टी सभापति शेरबहादुर देउवाले जीवनबहादुर शाही, प्रदीप पाैडेल र कल्याणकुमार गुरुङलाई आज आइतवार केन्द्रीय सदस्यमा मनाेनीत गर्नुभएकाे हाे ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ’, मुख्य सचिव कृष्णप्रसाद पाैडेलले निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

यसअघि देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको थियाे ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.