बुवाको अन्यश्टी गर्न गयका छोरा सहित ७ जनाको मृत्यू

नारायण न्यौपाने
पाल्पा, पौष १८
‘रिणीबाट तारैतार फोन आइरह्यो, म बसमै थिय, चालक पनि अनुभवी रहेनछ, तानसेनको उकालोमा पनि ३ नम्बर गेयर लगायो गाडि उकालोमा नतानेर ब्याक भयो, कहाँ बितरा परिन्छ भन्ने भयको थियो, बस एकदमै तिब्र गतिमा थियो’ बसमा सवार कृश्ण नेपालीले भने ।
साना सवारिमा हुँइकियर रिणी घाटमा पुगेका आफन्तले बसमा सवार मलामिलाई ‘कति ढिला गरेको’ भन्दै फोन गरिरहेका थिय । कारण थियो हार्थोक जोर्ते सडक खण्ड स्तर उन्नतिका नाममा बिहान ९.३० बजेदेखी ६ घण्टा बन्द हुन्छ । बन्द नछिचोले जाममा परिने बुझाइले चालकले बसलाइ तिब्र गतिमा कुदायका थिय । चालक यो सडक खण्डमा पहिलो पटक बस चलायका थिय । रिब्दीकोट गाउँपालिका–२ लघुवा क्षेत्रमा शितले भिजेको चिप्लो पिच, साँघुरो सडक, घुम्ती अनि तिब्र गतिका कारण लु १ ख ७२७९ नम्बरको बस आइतवार बिहान १०.२० बजे प्यारापिटमा बजारियर ८० मिटर तल खस्यो ।
दुर्घटनामा ७ जनाले ज्यान गुमाय । १६ जनाले तानसेन स्थित युनाइटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराइरहेका छन । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष कुमार भट्टराइका अनुसार अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र विक, ३३ वर्षीय अर्जुन विक, रूपन्देही बुटवल ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, बुटवल १७ का ३० वर्षीय पशुपति रसाइली र सोही ठाउँका ४० वर्षीय खुमबहादुर रानाको घटना स्थलमै मृत्यू भयो ।

बुवाको अन्त्यस्टी गर्न गएका छोराको पनि अन्त्य, १९ दिनमै नया जिवन सकियो

मृत्यू पश्चात रिणी घाटमा दाहसंस्कार गर्ने चाहना पुरा गर्नका लागि नजिकमा भएका घाट छोडेर बुटवल १७ रानिगञ्जका बीरबहादुर विकका ६ जना छोरामध्य ५ जनाले अन्त्यश्टीका लागि रिणि घाट ल्याउने निर्णय गरे । १ जना कामको शिलशिलामा भारत थिय । पहाड घर अर्घाखाँचीमा भएका कारण र छिमेकी गुल्मी पनी भएका कारण बुवाको अन्त्यश्टीका लागि रिणी ल्याइयको थियो । मृत्यू भएको दिन बीरबहादुर त जल्न पायनन् आफ्नो राइलो छोरो ३० वर्षीय पशुपति र छिमेकी ६ जनाको पनी उनको अत्यश्टीका लागि जादैँ गर्दा बस दुर्घटनामा मृत्यू भयो ।
पशुपतीले मंसिर २९ गते अन्तरजातिय बिवाह गरेका थिय । अन्तरजातीय बिवाह पछी आफ्नो माइती एवम आफन्तको चपेटामा परेकी मृतक पशुपतीकी श्रमतीले आफ्नो नयाँ जिवनको सहयात्री १९ दिनमै गुमायकी छिन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.