तिनाउ गाउँपालिको दशौँ गाउसभा सम्पन्न

पुस २२,
पाल्पाको तिनाउ गाउँपालिले विभिन्न निति निर्देशिका र कार्यविधि तथा पुरक बजेट समेत पारित गर्दै दशौँ गाउँसभा सम्पन्न गरेको छ । यही पुस १८ गते अध्यक्ष ओम बहादुर घर्तीमगरवाट उद्घाटन गरी सुरु गरिएको गाउँसभा २१ गते समापन गरिएको हो ।

दशौँ गाउँसभामा गैरसरकारी संस्था संञ्चालन सम्बन्धी निर्देशिका सुशासन सञ्चालन तथा व्यवस्थापन निति, सार्वजनिक तथा समाजिक परिक्षण कार्यविधि सार्वजनिक सुनुवाई कार्यविधि र तिनाउ मानव अधिकार सम्बन्धी ३ वर्षे कार्ययोजना छलफल गरि पारित गरिएको छ । तिनाउ गाउँपालिका भित्र रहेका विधालयको कार्यलय सहयोगि बालकक्षा शिक्षिका ,र लेखा कर्मचारिहरुलाई नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमीक रु.१५ हजार नघटने गरि पारिश्रमीक २०७८ श्रावण महिना देखी लागुहुने गरि उपलब्ध गराउने निर्णय गरेको छ । गाउपालिका भित्र रहेका अधुरा योजनाहरु सञ्चालन गर्न ४ करोड ५० लाख बराबरको पुरक बजेट पारित गरेको छ ।

वडा न. ३,४,५ र ६ को वडा भवन सम्पन्न गर्ने, वडा न.३ को प्राविधिक शिक्षालय भवन सम्पन्न गर्ने, हरियाली गाउ लिफ्टीङ खानेपानी ,शिखरडाडा लिफ्टीङ खानेपानी, स्मार्ट कृषि गाउ झयाङ्ला ताल मुधुर्म लिफटिङ् खानेपानी, खुर्सानी कचल मोटरबाटो सम्मन्न गर्ने गरि बजेट विनीयोजन गरिएको छ । उपाध्यक्ष दमन्ती थापाको स्वागत,प्रमूख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्यहरु, वडाअध्यक्षहरु सबैले आ- आफ्नो मन्तव्य राखेका थिए । अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षतामा सभा सञ्चालन भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.