फेरी सर्‍यो राष्ट्रियसभा बैठक

पुष २३
राष्ट्रियसभाको बैठक फेरि दुई दिन पछि सारिएको छ । यसअघि पुस २५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः पुस २७ गते दिउँसो १ बजेका लागि सारिएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसक्ने भएकाले दुई दिन पछि सारिएको उल्लेख गरेका छन् । यसअघि पुस २२ गते बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पुस २८ गतेका लागि सारिएको थियो । नेकपा एमालेको धेरैजसो जिल्लाको जिल्ला अधिवेशन पुस २४ गते तोकिएकाले एमालेले आफ्ना नेताहरु अधिवेशनमा सहभागी हुनुपर्ने भन्दै बैठक सार्न माग गरेको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.