रिब्दीकोट गाउँपालिकामा जेष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा कार्यक्रमको समीक्षा सम्पन्न

पौष, २६
पाल्पा – जिल्लाको रिब्दीकोट गाउँपालिकामा ७० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा समीक्षा एंव अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष नारायण बहादुर जि.सी.को अध्यक्षतामा सञ्चालन गरिएको थियो। कार्यक्रममा गाउँ कार्यपालिका पदाधिकारी, सबै स्वास्थ्य संस्था प्रमुख, गाउँपालिका कर्मचारी गरि ३५ जनाको सहभागीता रहेको थियो। गाउँपालिका स्वास्थ्य संयोजक श्री सुनील अधिकारीको सहजीकरणमा संचालित कार्यक्रमको सञ्चालन श्री शिव जि.सी. ले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर जि.सी. ले कार्यक्रमलाई महत्त्वपूर्ण समय दिने सम्पूर्ण जनप्रतिनिधि , उपस्थित सम्पूर्ण कर्मचारी लगायत सबैमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताउनु भएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.