एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित उपाध्यक्षमा पुन र सचिवमा भुषाल निर्विरोध

बागलुङ, २६ पुस । नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन् ।

आज सोमबार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार केसीले आफ्ना प्रतिद्वन्द्वी कृष्ण पाठकलाई १०१ मतको अन्तरमा पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । केसीले ३२९ मत र पाठकले २२८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी मेहरसिंह पाइजाले ३४ मत मात्रै प्राप्त गरे ।

एमाले बागलुङको उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । दुई जना उपसमितिका लागि भएको निर्वाचनमा २९९ मत प्राप्त गरी गणेश थापा र २२८ मत प्राप्त गरी डम्मर छन्त्याल विजयी भएका छन् ।

यस्तै २४ जना खुल्लातर्फका जिल्ला सदस्यहरूमा अमर बहादुर थापाले सबैभन्दा बढी ४२७ मत प्राप्त गरी विजयी भएका छन् । एमालेको नवौ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा काठेखोला गाउँपालिकाका अध्यक्ष समेत रहेका थापा म्यान अफ द इलेक्सन समेत बनेका छन् ।

अन्य खुल्ला सदस्यहरूमा शेखर खड्का ९३९७०, रुद्र पौडेल ९३८४०, सम्पन्न श्रेष्ठ ९३६८०, अनन्त बहादुर खड्का ९३६३०, नेत्र बहादुर बिष्ट ९३५८०, प्रेम लामिछाने ९३५७०, बालकृष्ण शर्मा ९३५६०, पुनम प्रसाद शर्मा ९३५६० इश्वरलाल राजभण्डारी ९३५५०, पवित्रा रोका ९३५३०, लोकेन्द्र बहादुर केसी ९३५३०, भुपेन्द्र खड्का ९३४३०, यम बहादुर श्रीस थापा ९३४२०, शिव शर्मा ९३४२०, दिपक गौतम ९३३३०, रुद्र बहादुर महत क्षेत्री ९३३२०, सन्दिप खड्का ९३२६०, खिम बहादुर थापा मगर ९३२१०, प्रेम बहादुर केसी ९३१९०, चन्द्र गणेश ९३१३०, जित बहादुर क्षेत्री ९राजन० ९३११०, कृष्ण अधिकारी ९३०८० र खगेन्द्र पौडेल ९३०६० विजयी भएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.