नेकपा एमाले पर्वतको नबौँ अधिवेशनबाट अध्यक्षमा राजुप्रसाद पौडेल सर्वसम्मत निर्वाचित

पर्वत। नेकपा एमाले पर्वतको नबौँ अधिवेशनबाट अध्यक्षमा राजुप्रसाद पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका पौडेललाई अध्यक्ष मण्डलले सर्वसम्मत अध्यक्ष घोषणा गरेको हो ।

यस्तै उपाध्यक्षमा फलेवास नगरपालिकाका नगरप्रमुख समेत रहनुभएका पदमपाणी शर्मा, सचिवमा गोविन्द पहाडी सह-सचिवमा विमल लामिछाने र शिव पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । अधिवेशनबाट ९० जनाको जिल्ला कमिटिनै सर्वसम्मत रुपमा चयन गरिएको अध्यक्ष मण्डलका संयोजक कल्पना चापागाईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.