कोभिड नियन्त्रणका लागि गरिएको निर्णयको पालना गर्न बिहादी गाउँपालिका अध्यक्ष भुषालको अनुरोध

नारायण न्यौपाने
पाल्पा, पौष ३०
पर्वतको विहादी गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै कोभिड नियन्त्रणका लागि गरिएको निर्णयको पालना गर्न सबैमा अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष कमल प्रसाद भुषाल द्वारा जारि बिज्ञप्तीमा जिल्ला कोभिड ब्याबस्थापन समिती पर्वतको यहि पौष २७ गरेको निर्णयको कार्यान्वयनका लागि अनुरोध गरिएको हो । समितीले बढ्दो कोभिड संक्रमणका कारण मेला लगाउन रोक लगाएको छ । त्यस्तै गृह मन्त्रालयले समेत २५ जना भन्दा बढि भेला नहुन आदेश जारी गरेको छ भने मेला महोत्सव समेत नगर्न निर्देश गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.