‘ए मेरो हजुर ४’को टिजरमा अनमोल र सुहानाको प्रेमदेखि विछोडको कथा

ब्लकबस्टर सिरिज ‘ए मेरो हजुर’को चौथो श्रृङ्खलाको प्रदर्शन मिति तय गरिएकोे छ । चलचित्रकोे प्रदर्शन मितिसँगै टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई मात्र देख्न सकिन्छ । चलचित्रको टिजरमा यी दुइकोे रोेमान्स र विछोेडको कथा छ ।
आकर्षक लोकेशन, मन छुने संवाद, अनमोल र सुहानाको केमेष्ट्रीले टिजरलाई शक्तिशाली बनाएकोे छ । यो चलचित्र आउँदोे बर्षकोे बैशाख १ गते रिलिज हुने भएकोे छ । सुनिलकुमार थापाको निर्माणमा तयार भएको चलचित्रमा झरना थापाकोे निर्देशन छ ।

यसअघि चैत्र २५ लाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई अब एक साता पोष्टपोन्ड गर्दै वैशाख १ गते पुर्याइएकोे छ । नयाँ बर्षको दिनबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा बम्पर कमाई गर्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.