अतित भुषाल । चैत्र ५ । नवलपरासी सेवा समाज परिवार युएइले मृगौला पिडित महिलालाई आर्थिक सहयोग गरेको छ । समाजको बैठकले सरावल–१, बासा बसही नयाटोलकि ४० बर्षिय मृगौला पिडित मान कुमारी सार्किलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
शनिवार आयोजित एक कार्यक्रमका बिच सरावल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भेस नारायण चौधरी र नवलपरासी सेवा समाज युएइका महासचिव कृष्ण प्रसाद बास्तोलाले नगद २५ हजार रुपैँया हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नवल परासी सेवा समाजका नेपाल प्रतिनिधि युबराज पुनका साथै समाजमा आबद्ध आजिवन सदस्य, स्थानिय लगायतको उपस्थिति थियो ।





