सगरमाथामा बाटो बनाउने काम सुरु, कसरी बनाइन्छ बाटो ?

काठमाण्डाै – वसन्त ऋतुको आरोहणका लागि सगरमाथामा बाटो बनाउने काम सुरु भएको छ । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो बनाउनका लागि आइसफल डाक्टर (हिउँमा बाटो बनाउने मानिस) खटिएका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । बाटो खुलाउनका लागि आठ जना अनुभवी आइसफल डाक्टरहरू खटिएका र उनीहरूले हिजो आइतवारदेखि काम सुरु गरेका शेर्पाले बताउनुभयो ।

 

पर्यटन विभागसँगको सहकार्यमा २०५४ सालदेखि एसपीसीसीले सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने काम गर्दै आएको छ । दोस्राे शिविरभन्दा माथि आरोहण व्यवसायीहरूकै संयोजनमा बाटो बनाइन्छ । हिमनदी र हिउँ खाल्डा तथा खर्पसहरू धेरै रहेको दोस्रो शिविरसम्म हरेक वर्ष संरचना परिवर्तन भइरहन्छ । एक वर्ष बाटो खुलाएको ठाउँमा अर्को वर्ष ठूलो खाल्डो तथा डाँडा बनिसक्ने भएकोले सम्भावित बाटो खोज्ने नयाँ बाटो बनाउनुपर्ने शेर्पाले बताउनुभयो । बाटो बनाउनका लागि भर्‍याङ, डोरीलगायतका सामग्री प्रयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?