नारायण न्यौपाने । पाल्पा, चैत्र ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामि स्थानिय तहको निर्वाचनमा राम्रो काम गरेका जनप्रतिनिधीलाई प्राथमिकता दिने बताएपछी गल्याङ नगरवासीले अहिलेका नगरप्रमुख भुपराज अधिकारीलाई आगामि चुनावमा पनि उम्मेदवार बनाउनुपर्ने बताएका छन । ५ वर्षको अवधिमा नगरप्रमुख अधिकारीले गल्याङको मुहार परिवर्तन गर्न सफल भएको र गल्याङको भविस्य निर्माणको योजना पनि उहाँ संग भएकाले अझै ५ वर्ष नगरपालिकाको नेत्रित्व अधिकारीलेनै सम्हाल्नु उचित हुने नेकपा एमालेका कार्यकर्ताहरुको भनाई छ ।

‘नगरप्रमुख वा गाउँपालिका अध्यक्ष हुँदा सबैको भावना अनुसार काम गर्न कठिन हुन्छ, काम गर्न नसक्ने प्रमुखलाइ फेरि उम्मेदवार बनाउनु पराजय भोग्नु हो’, गल्याङ ६ का स्थानिय कृश्ण चापागाँइले भने, ‘उहाँ मेयरसापले नगरपालिकालाई गति दिनुभएको छ, उहाँबाटनै समुन्नत नगरपालिका बन्न सक्छ ।’ चापागाँईले नगर प्रमुख अधिकारी गुड प्लानर भएको समेत दावि गरेका छन । ‘उहाँले बनाएको योजनामा कर्मचारीले काम गर्दा र जनताले साथ दिँदा भैहाल्छ’, चापागााईले भने, ‘नगरपालिकाको बिकास चाहने हो भने अर्को कुनै बिकल्प छैन ।’





