साना दललाई पनि चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय

चैत, १४

निर्वाचन आयोगले साना दलहरूलाई पनि चुनाव चिह्न दिने निर्णय गरेको छ । साना दललाई उनीहरुकै चुनाव चिह्न दिने निर्णय भएको आयोगले जनाएको छ । राष्ट्रिय मान्यताप्राप्त दललाई मात्र चुनाव चिह्न दिने कानुनी व्यवस्थाको साना दलले विरोध गरेपछि आयोगले साना दललाई पनि उनीहरुकै चिह्न दिने निर्णय गरेको हो । जिल्लाहरुमा साना दलको उपस्थितिको आधारमा चुनाव चिह्न दिइने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?