नारायण न्यौपाने, पाल्पा,बैशाख २२। नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेको कालीगण्डकी गाउँपालिका गुल्मीको घोषणापत्र सार्वजनिक भएको छ । घोषणापत्रमा सुशासन र विकाशलाई जोड दिइएको छ । विगत ५ वर्षमा कालीगण्डकी गाउँपालिकाले विकाश र सुशासनको क्षेत्रमा काम गर्न नसकेका कारण त्यसलाई प्राथमिकतामा राखेको नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले बताएका छन । घोषणापत्रमा ‘यस कारण कालिगण्डकीमा नेकपा एमाले र माओवादी केन्द्रको सरकार निर्माणमा उत्साह छ । किनकी हामीमा नागरिकसंग नजिक हुँदै दिगो विकाश गर्ने क्षमता अथाह छ ।’ आकर्षक नारा राखिएको छ ।
पढ्नुहोस घोषणापत्र
आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू नमस्कार ।
नेपालको संविधानले व्यवस्था गरे अनुसार यही आउँदो २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । एउटा उत्सवको रुपमा समेत लिइएको निर्वाचनले स्थानिय तहमा नयाँ नेत्रित्व चयन गर्ने छ । सम्पुर्ण महानुभावहरुमा निर्वाचनका माध्यमबाट असल जनप्रतिनिधीलाई विजयी बनाउन सक्नुहोस भन्ने शुभकामना ब्याक्त गर्दछौँ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कालिगण्डकी गाउँपालिका गुल्मीमा संयुक्त रुपमा आफ्ना बहु बिवेकी कमरेडहरुलाई चुनावी मैदानमा उतारेको छ । कालिगण्डकी वासिमा एउटा प्रश्न छ ५ दलिय गठबन्धन भित्र रहेको माओवादी केन्द्र संगको चुनावी एकता नेकपा एमाले संग कसरी संभव भयो ? कालिगण्डकी गाउँपालिकाको दिगो विकाश गर्ने र सुखि नागरिक बनाउने संकल्प नेकपा एमाले र माओवादी केन्द्रसंग छ । आम नागरिकको हितका पक्षमा वकालत गर्ने दृढता हामीसंग छ । कालिगण्डकीका यि २ राजनितीक पार्टी आफ्नो भन्दा जनताको भलो हुने विषयमा जस्तो सुकै निर्णय गर्न पनि तयार छन भन्ने सन्देश नेकपा एमाले र माओवादी केन्द्रको चुनावी एकताले दिएको छ । हार्दिकता सहितको यो एकता कालिगण्डकीको उज्वल भविष्य निर्माणका लागि हो ।
माओवादी केन्द्रले गत स्थानिय तहको निर्वाचनका क्रममा गरेको सहकार्य र त्यसबाट भोगेको राजनितिक बेइमानी यो चुनावी एकताको कारण हो । ५ वर्षमा पालिकाले कुनै पनी उल्लेख्य काम गर्न नसक्नु र जनताका बिच माओवादी केन्द्रको तर्फबाट कुनै भुमिका नहुनुको बिडम्वना एकताका लागि बल पुग्ने आधार हो । हामिसंग मात्रै हैन जवाफ जसले कालिगण्डकीको ५ वर्ष नेत्रित्व ग¥यो उनिहरु.संग पनि छैन, आखिर ५ वर्षमा देखिने, जनताले महसुस गर्ने काम के भयो ? यसको उत्तर दिन आम मानिसलाई कठिन छ ।
हामीसंग चुनावमा तपाइको मत लिनका लागि सुर्य चुनाव चिन्ह छ अन्य संग कुनै । हाम्रो प्रतिशपर्धी नेपाली काङग्रेस मात्रै छ यो पालिकामा । हामिले प्रतिशप्रधीलाइ गणितिय हिसावले कमजोर देखेका छैनौ तर हाम्रो भिजन र क्षमता संग काङग्रेसलाई तुलना समेत गर्न सकिदैन । एउटा
ऐतिहासिक अवसरको सदुपयोग नभएको समयलाई आदरणिय मतदाताहरुले पक्कै बुभm्नुहुनेछ भन्ने हामिले विश्वास लिएका छौँ । मानिसले बिगतलाई सच्याउन सक्दैन तर वर्तमानबाट एउटा असल निर्णय गर्न सक्छ । हो हामिलाई एउटा विश्वास छ बिगतमा अन्य पार्टीलाई दिएको मतले उचित स्थान पाउन सकेन । यो निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको तर्फका सवै उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गरी कालिगण्डकीको समुन्नत भविष्य निर्माणमा हामीलाई साथ दिनुहुन सादर अनुरोध गर्दछौँ ।
हाम्रो प्राथमिकता
काम गर्नुपर्ने सम्वन्धित शाखाका कर्मचारीको उपलव्धता र सेवा बारे घरमै वसेर सेवाग्राहीले जानकारी लिन पाउने व्यवस्था गरिनेछ । जसको कारण सेवाग्राही कार्यालय पुगेर काम नगरी फर्कन नपरोस् ।
चार ‘ज’ (जल, जंगल, जमिन र जनशक्ति) को उपयुक्त प्रयोग तथा उपयोग मार्फत कालिगण्डकीलाई विकाशको बाटोमा रुपान्तरण गरिनेछ ।
त्रैमासिक रुपमा प्रत्येक वडामा वडा संग पालिका विषयक अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिनेछ । जसवाट प्राप्त सुझावहरु कार्यान्वयन गरिनेछ ।
कक्षा १२ सम्म पाठ्यपुस्तक निशुल्क वितरण गरिनेछ । विद्मार्थीहरुलाई प्रत्येक महिनाको १ दिन क्षमता विकास तालिम दिइनेछ ।
तटिय बैश्णव क्षेत्र, मध्य शाक्त क्षेत्र र उच्च भाग सैवी तपोभुमी क्षेत्रको मोडालिटीमा पर्यटन पुर्वाधारहरु निर्माण गरिनेछ ।
कालीगण्डकी वडा नं २ अर्वेनी सिम्तालाई धार्मिक केन्द्रको रुपमा विकास गरिने छ ।
उत्पादनको आधारमा कृषिमा विशेष अनुदान दिइनेछ । प्रत्येक वडालाई कम्तीमा एउटा वस्तुको उत्पादनको पकेट क्षेत्र वनाइनेछ ।
कालिगण्डकी गाउँपालिकामा असला माछा, जर्नेली धान, कोईली कालो धान, अनाधी धान, उल्टो कुखुरा, गोपीको उत्पादनमा जोड दिइनेछ ।
कालीगण्डकीका लोपउन्मुख वस्तुहरुलाई संरक्षण गर्न संग्राहलयको स्थापना गरिने छ ।
वर्षमा कम्तीमा १०० जना विशेष उद्ममी सिर्जना गरिनेछ ।
जोखिममा रहेका वस्तीहरुलाई स्थानान्तरण गरि नमुना वस्तीको रुपमा विकास गरिनेछ ।
सार्वजनिक सेवा प्रवाह हुने कार्यालयमा निशुल्क इन्टरनेट सेवा उपलव्ध गराइने छ ।
छिमेकी पालिकाहरुसंग अन्तरसम्वन्ध कायम गरि सिमा क्षेत्रका महत्वपुर्ण स्थानमा संयुक्त विकास योजना संचालन गरिनेछ ।
वैदेशिक रोजगारी तथा अध्ययनमा रहेका प्राज्ञिक व्यक्ति संग समन्वय गरि उनिहरुको ज्ञान सिप र क्षमतालाई कालीगण्डकी गाउँपालिकामा सम्पत्तीको रुपमा प्रयोग गरिनेछ ।
कृषकवाट उत्पादित कृषि उपज वस्तुहरुको बजारिकरणका लागि उचित प्रवन्ध गरिनेछ ।
पुर्तिघाट वजारलाई व्यवस्थीत गरिनेछ ।
पारदर्शीता, जवाफदेहिता, एवम उत्तरदायि बन्न स्थानिय संचार माध्यममा गाँउपालिकाका गतिविधी दैनिक प्रशारण र प्रकाशन गरिनेछ ।
गाउँपालिकाले विभिन्न शिर्षकमा निर्धारण गरेको चर्को करलाई ९० प्रतिशत सम्म घटाइने छ ।
सार्वजनिक जग्गा एवंम सम्पत्तिको अभिलेख राखि संरक्षण गरिनेछ ।
कृषि र पशुपालन संग सम्बन्धित फर्म निशुल्क दर्ता गर्ने ब्यवस्था गरिनेछ ।
कालिगण्डकीमा संभावनाको रुपमा रहेका खनिज पदार्थको अध्ययन गरिनेछ ।
नमुना बजार निर्माण गरिनेछ ।
युद्दका पिडितहरुलाई विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
गण्डक सभ्यतालाइ आधार मानि पर्यटनको क्षेत्रमा विकाश गरिनेछ ।
प्रत्येक वडामा आवश्यकताका आधारमा मोटरबाटो तथा गोरेटोबाटो निर्माण गरिनेछ ।
वडाबासीलाई वार्ड कार्यालयबाट अधिकतम सेवा उपलब्ध गराउने ।
योजनाको सम्झौता, अनुगमन, मूल्याङ्कन र बजेट निकासा वडा कार्यालयबाटै प्रवाह गर्ने ।
सामुदायिक विद्यालयलाई सवलिकरण गरी शिक्षालाई प्रतिस्पर्धी र गुणस्तरीय बनाएर शैक्षिक आकर्षणको केन्द्रविन्दु बनाउने ।
सामुदायिक विद्यालयहरू मर्ज गरी पूर्ण आवासीय विद्यालयको रुपमा विकास गर्ने ।
स्थानीय पाठ्यक्रम लागू गर्ने ।
विद्यार्थी संख्या, कक्षा, तह र विषयका आधारमा दरबन्दी मिलान, नपुग दरबन्दी पालिकाले सिर्जना गरी विद्यालयको सिकाइ सुनिश्चितता गर्ने ।
विद्यालयको भौतिक पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, खानेपानी, शौचालय, खेलमैदान, सूचना प्रविधि प्रयोगशाला निर्माण गरी बालमैत्री विद्यालय बनाउने ।
अन्तरपालिका असल सिकाइ अनुभव आदानप्रदान गरी शिक्षकहरूमा उत्प्रेरणा जगाउने ।
शिक्षकहरूलाई मागमा आधारित विषयगत तथा सूचना प्रविधि तालिम, उपकरण प्रदान गरी शिक्षकहरूमा नवप्रवर्तनात्मक कार्यकौशल विकास गराउने ।
विषयगत र उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक र विद्यालयलाई मापदण्डको आधारमा पुरस्कृत गर्ने ।
विद्यालय स्रोतका शिक्षक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूको पारिश्रमिक नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चितता गर्ने । उनीहरूको पेशागत हकहित र अधिकारको सुनिश्चित गर्ने ।
प्रत्येक माध्यमिक विद्यालयमा एक स्वास्थ्यकर्मी उपलब्ध गराउने । हरेक शुक्रबार अतिरिक्त तथा क्रियाकलापहरू सञ्चालन गरी विद्यार्थीको प्रतिभा प्रस्फुटनको लागि आवश्यक पहल गर्ने ।
खेलकुद विकासको लागि फुटवल, क्रिकेट, भलिबल खेलका प्रशिक्षक तयार गर्ने ।
महिलाका लागि सीप विकासको तालिम सञ्चालन गरी आत्मनिर्भर र स्वरोजगार सिर्जना गर्ने ।
युवाहरूमा सीप विकास, क्षमता विकास र उद्यमशीलताका तालिम सञ्चालन गरी शैक्षिक प्रमाणपत्रका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने ।
भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र विकासमा ध्यान दिने ।
पालिकाभित्रका सहकारीहरूको व्यवस्थापन र नियमन गरी सुदृढीकरण गर्ने ।
पालिका प्रमुखसँग विद्यार्थी कार्यक्रम सञ्चालन गर्ने ।
सार्वजनिक पुस्तकालय र वाचनालय निर्माण गरिनेछ ।
विद्यालयमा एकरुपता ल्याउनको लागि पालिका भित्रका भवन निर्माण तथा रङ्गरोवन कायम तथा फर्निचरको व्यवस्था गरिनेछ ।
उच्च स्तरिय छात्रवासको व्यवस्थापन गरिनेछ
ऋत्भ्ख्त् संगको समन्वयमा प्राविधिक सीपमुलक शिक्षा विस्तार गरिने छ ।
गरिव तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृति व्यवस्था गरिने छ ।
पुर्तिघाटमा सुविधा सम्पन्न कलेज स्थापना गरिनेछ ।
उत्कृष्ठ विद्यालय,उत्कृष्ठ शिक्षक र विद्यार्थिलाई पुरस्कृत गरिनेछ ।
प्रत्येक विद्यलयमा विद्युत तथा ईन्टरनेट निशुल्क जडान गरिनेछ ।
सवै शिक्षकहरुलाई प्राविधीक तालिम प्रदान गरि प्रविधिमैत्री शिक्षण पद्दतिको विस्तार गरिनेछ ।
विद्यालयलाई स्रोत साधन सम्पन्न वनाउने र पालिका भित्रको कुनै एक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकाश गर्ने ।
सिक्दै कमाउदै कार्यक्रम विस्तार गरिने छ, सो को लागि आवश्यक स्रोत साधनको व्यवस्था गरि विद्यालयलाई अनुदानको व्यवस्था मिलाईने छ ।
सवै नागरिकको स्वास्थ्य विमा निशुल्क गर्ने ।
घरमा आम्दानीको स्रोत नभएको प्रमाणित हुने नागरिकको सवै औषधी उपचार खर्च गाउँपालिकाले बेहोर्ने छ ।
कालिगण्डकीको माथिल्लो भेग (लेक क्षेत्र ) मा स्वास्थ्य केन्द्र स्थापना गरिनेछ ।
वडा स्वास्थ्य चौकि, हाल सम्म पनि सुरु नभएको १५ सैयाको अस्पताल निर्माणकार्य अघि बढाइने्छ ।
राज्यले सुचिकृत गरेका अत्यावस्यक औषधीहरु जनस्तरमा सर्वशुलभ गराईने छ ।
सुत्केरी महिलालाई प्रसुति केन्द्र सम्म आउन जानको लागि ऐम्वुलेन्सको निःशुल्क व्यवस्था गरिनेछ ।
कुनै पनी माहामारीबाट प्रभावितहरुलाई सवै स्वास्थ्य सेवा निशुल्क गरिनेछ ।
महिला स्वयम सेविकालाई उचित प्रोत्साहनको व्यवस्था गरिनेछ ।
गाउँपालिका भित्रका सात वटै वडामा एक घर एक धारा तत्काल सम्पन्न गरिनेछ ।
फोहोर सङकलन क्षेत्र निर्माण गरिनेछ ।
फोहोरको पुर्नप्रयोग गर्ने ब्यवस्था गरिनेछ ।
पुर्तिघाट वजार क्षेत्रको नालि र ढल व्यवस्थापन गरिनेछ ।
सुन्दर कालिगण्डकी बनाउन प्रत्येक वडा कार्यालय परिशसरमा बगैँचा निर्माण गरिनेछ ।
पलिका भित्रका ४० वर्ष पुगेका एकल पुरुष तथा महिलालाई भत्ताको व्यवस्था गरिनेछ ।
सामाजिक सुरक्षा भत्ता बैङक संग समन्वय गरि घरमा उपलव्ध गराउने व्यवस्था मिलाईने छ ।
प्रत्येक वडामा भकारो सुधार कार्यक्रम गरिनेछ ।
पशुजन्य नस्ल सुधार गरि उच्च जातका पशु उत्पादनमा अघि बढाईनेछ ।
बादर नियन्त्रण तथा अन्य जंगली जनावर बाट हुने हानि नियन्त्रणका लागि पहल गरिनेछ ।
मौसमी तथा वेमौसमी खेतीको लागि उन्नत विउ विजन वितरण केन्द्र स्थापना गरिनेछ ।
भुगोलको पहिचान गरि सवै वडामा फलफुल उत्पादनमा जोड दिइनेछ ।
बाँजो रहेका खेतियोग्य जमिनमा सिचाईको व्यवस्था गरि उत्पादनमा जोड दिईनेछ ।
प्रत्येक वडामा सुविधा सम्पन्न खेलमैदान तथा पुर्वाधारको विकास गरिनेछ ।
प्रत्येक वडाका क्लव तथा समुहरुलाई शिपमुलक कार्यक्रम सञ्चाललनका लागि अनुदान उपलव्ध गराईनेछ ।
अस्पताल, प्रशासकिय भवन, वडा कार्यालय लगायतका संरचना यथाशक्य निर्माण प्रारम्भ गरिने छ ।
एक वडामा एक किलोमिटर वाटो पिच गरिनेछ ।
होम स्टे, ठुला होटल तथा रिसोर्टहरुलाई लगानी मैत्री वातावरण निर्माण गरिनेछ ।
पातिखोला देखि घुमाउने सम्म मोटर वाटो पिच गरिनेछ ।
घुमाउने कोरेङ्ग छापचौर वरेङ्ग मोटर वाटो स्तरउन्नती गरि गार्भेल गरि पिचका लागि अघि वढाईनेछ ।
पातिखोला देखि लम्सराङ्ग हुदै वुझुङ्ग सम्मको मोटर वाटो स्तरउन्नती गरिनेछ ।
पूर्तिघाट देखि जोखुम दमार हुदै क्वाङ्ग सम्मको मोटर वाटो स्तरउन्नती गरिनेछ ।
छाहादि देखि वदामपोखरा सम्म मोटरवाटो निर्माण ।
पूर्तिघाट देखि जोखुम क्याम्पस सम्म रेलिङ्ग सहितको सिडि निर्माण गरिनेछ ।
कालिगण्डकी किनारमा मुर्दाघाट तथा पौवा निर्माण गरिनेछ ।
अर्बेनी माइली कुलाको स्तर उन्नती गर्ने ।
हर्मिचौर दिहिङ्ग गिदुवा मोटर बाटो स्तरउन्नती गरिनेछ ।
हर्मिचौर देखि वसेनी भर्दालकोट सिरकोट देउराली मोटर बाटो स्तरउन्नती गरिने छ ।
अर्वेनी रिङ्गरोड, राक्से, दमौखानी, विसौना, भएकोट देउरालि कोट अर्वेनीलाई प्राथमिकतामा राखिनेछ ।
टारी बारी सिचाइको व्यवस्था गर्ने ।
वेलटारी जयखानी वुझुङ्ग मोटर वाटोलाई स्तरउन्नती गरिनेछ ।
पुर्तिघाट जोखुम लम्करा चाल्से चैया खानिँगाउ मोटर वाटो स्तर उन्नती गरिने छ ।
पुर्तिघाट वकेङ्ग लपर्तुङ्ग छाहादि मल्लेङ्ग गव्दे मोटरवाटो स्तर उन्नती गरिने छ ।
वरल्वा रम्फै सपाङ्गदे मरिम लुङ्ग मोटर वाटो स्तरउन्नती गरिने छ ।
कायखोला नाग भुर्तुङ्ग टोलाकोट सपाङ्गदे टुपुङ्ग लेगा मोटर वाटो स्तरउन्नती गरिने छ ।
गव्दे अमराई चापाखोर छापचौर खसकोट साजनकोट हिले धुवाखोला वरेङ्ग मोटर वाटो स्तरउन्नती गरिने छ
कुडापानी चुदि खनियापाटा मोटरवाटो स्तरउन्नतीका साथ मोटरेवल पुल निर्माण गरिने छ ।
नेटा ढुङ्गेधरा कराङ्गतुङ्ग छिस वरेङ्ग मोटर वाटो स्तर उन्नती गरिने छ ।
वरल्वा लेगा खोलाखानी लुङ्ग बगालथर मोटरवाटो निर्माण गरिने छ ।
कालिगण्डकी कोरिडोर देखी हर्मिचौर रेप्का मोटर बाटो पिच गरिने छ ।
घुमाउने देउराली तोलाकोट मोटरवाटो निर्माण गरिने छ ।
धार्मिक महत्व रहेका सवै वडाका सम्पुर्ण मठ मन्दिर हरुको भवनहरुको मर्मत तथा पुर्ननर्माण गरिने छ
प्रजापती क्षेत्र,फुलवारी रिषिकेश मन्दिर तथा वेलटारी शिवालय मन्दिरमा घेरा वार गरि प्रर्यट क तथा धर्मालम्विहरुको लागि देवालय निर्माण गरिने छ ।
भुर्तुङ्ग हिले सत्ववती मन्दिरमा खानेपानी र शौचालयको ब्यवस्था गरिनेछ ।
भुर्तुङ्ग कालिलेखमा शिद्दवावा मन्दिर निर्माण गरिने छ ।
सवै वडाका पर्यटकिय स्थलको पहिचान गरि आवस्यकता अनुसार पुर्वाधर विकास गरिने छ ।
सामुदायिक विद्युत लाईन लाई राष्ट्रिय प्रसारणमा जडान गरि शहुलियत शुल्कमा विद्युत वितरण गरिने छ ।
हर्मिचौर रेप्कामा रहेको सुरुङस्थललाई पर्यटकिय स्थलको रुपमा बिकाश गर्ने ।
आदरणीय मतदाताहरु !
यी हाम्रा प्रतिवद्धताहरु फगत गफका लागि होइनन्, लेख्नका लागि होईनन्, बााड्नका लागि पनी होइनन् । यी प्रतिवद्धता पवित्र कालिगण्डकी नदीलाई सांक्षी राखेर जनताको हितमा कार्य गर्ने गरी गरिएका वाचा हुन । यी वाचा पुरा गर्नका लागी तपाईको मुल्यवान भोटको आवश्यकता छ । हाम्रा उमेद्वारहरूको विजय भएपश्चात् यिनै प्रतिवद्धतालाई ध्यानमा राखी वार्षिक, आवधिक र दीर्घकालीन योजनाका रुपमा कार्यान्वयनमा जुट्ने पार्टीको तर्फबाट प्रतिवद्धता जाहेर गर्दछौँ ।
पूर्वाधार निर्माण गर्ने अभिभारा वहन गर्न हाम्रो पार्टी र उमेद्वार दृढ सङ्कल्प जाहेर गर्दछौँ । कालिगण्डकीको कायापलट गर्ने हाम्रो संकल्प हो । चुनावको यो खेलमा सवै नियालि रहनुभएका आदरणीय तपाँइहरु अम्पायर हो । निर्णायक हो । कालिगण्डकीको भाग्य र भविष्य लेख्ने यो ऐतिहाँसिक कालमा तपाइले महत्वपुर्ण निर्णय गर्नुहुन्छ भन्ने विश्वास गर्दछौँ ।
यो चुनावी परिक्षाको नतिजा निर्माणको क्रममा रहनुभएका दाजुभाई तथा दिदि बहिनी मतदाताहरु समक्ष गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य, दलित महिला सदस्यहरूलाई सात सूर्य चिन्हमा स्वस्तिक छाप लगाई नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी गराउन हार्दिक अनुरोध गर्दछौँ ।
सुर्य चिन्हमा मतदान गरौ
कालिगण्डकीलाई सधै उज्यालो बनाऔँ ।
प्रचार प्रसार समिति नेकपा एमाले र माओवादी केन्द्र
कालिगण्डकी गाउँपालिका, गुल्मी





