नारायण न्यौपाने । बैशाख २३ स्थानिय तहको निर्वाचन सम्पन्न भएको ५ वर्ष पुरा हुँदै छ । प्रमुख पदमा रहेर स्थानीय तह हाँकेका धेरै अनुहारहरु आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारका रुपमा चुनावी मैदानमा छन । कामको आधारमा कतिपय जनप्रतिनिधी विजयको नजिक छन भने कतीपय ५ वर्ष केही नगरेका कारण जनताको रोजाइमा छैनन । रोजाइमा पर्नका लागि उनिहरुको विगतले सम्बन्ध राख्ने रिब्दिकोटवासीको भनाई छ ।
आम नागरिकले रिब्दिकोटको भविष्य निर्माणको लागि नारायण जिसीलाई आगामी ५ वर्षका लागि निर्वाचीत गर्नुपर्ने धारणा राखेका छन । ‘यो ५ वर्षमा अध्यक्षज्यूले धेरै राम्रो काम गर्नुभएको छ, उहाँले समय अभावका कारण गर्न नसकेका कामहरु पुरा गर्नका लागि पनि नारायण जी आउनुपर्ने जरुरी छ, एक मतदाताले भने,‘ रिब्दकोटको भविष्य उज्वल बनाउनका लागि यो नै बिकल्प हो ।’
आम रिब्दिकोटवासी पालिकाको सेवा प्रवाहको खुलेरै प्रशंसा गर्छन । निवर्तमान गाउँपालिका नारायण जिसीले कर्मचारी र सेवाग्राही बिच हार्दिकता कायम गर्दै कार्य सम्पादन गर्ने गरेकाले लोकप्रिय जनप्रतिनिधीको छवि बनाएका छन ।





