चन्द्रकोट गाउँपालिकाको माटोले जन्मायो यस्तो नेता जसको उम्मेदवारीको खवरले जनता भए उत्साहित !

निराजन पौडेल
तानसेन, पाल्पा
बैशाख २५ ।

चन्द्रकोटको माटोले जन्माएका विभिन्न राजनितिज्ञहरु मध्ये युवराज केसी पनि एक हुन । उनी नेपाल कम्युनिष्ट पार्टी माओवादीमा आवद्ध भई हाल सम्म विभिन्न दुःख कष्ट जेलनेल भोगी समाजमा उदाहरणीय व्यक्तिको रुपमा स्थापित भएका छन् ।

यहि बैशाख ३० गते हुने आसन्न स्थानीयतह निवार्चनमा चन्द्रकोट गाउँपालिकाको अध्यक्षपदका उम्मेदवार केसी सँग पालीकालाई समृद बनाउने सपना छ । निम्नवर्गीय परिवारमा जन्मीएका केसीले स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका छन् । बौद्धिक, जुजारु, कर्मठ र निष्ठावान युवा नेता केसि ले आफ्नो गाउँपालिकाबासी सबैलाई कुनै पनि डर , धम्की, त्रास, लोभमा नपरी आफूलाई मतदान गर्न अपिल गरेका छन् । यदि चन्द्रकोट गाउँपालिकालाई समृद्धिको पथमा डोर्याउने हो भने व्यक्तिमा भएको नातावादलाई हटाई हाम्रोलाई भन्दा पनि राम्रोलाई मत हाल्ने बानीको विकास हुन जरुरी रहेको केसि बताउछन् ।

विगतका चुनावहरुमा पनि जनताले आफ्ना लागी राम्रा प्रतिनिधि छनोट गर्न नसकेकोले चन्द्रकोट गाउँपालिकामा सोचेअनुरुप विकास हुन नसकेकोमा उनी आफ्नो तर्क पेश गर्छन् । दिनप्रनिदिन नेपाली जनताहरुममा नेताहरुप्रतिको वितिष्णा भाव झल्कीरहेको परिपेक्षयमा गाउँपालिकाबासी उनको उम्मेदवारीको खवरले हर्षीत र उत्साहित भएका छन् । गुल्मी जिल्ला मात्र नभई देशैभरि राम्रो छवि बोकेका केसी ले आफू बोलेर  होईन गरेर देखाइ आफ्नो ५ वर्षीय कार्यकालमा चन्द्रकोट गाउँपालिकाको समग्र विकास गरी जनताहरुका सपना साकार पार्ने उनी बताउँछन । आफ्ना एजेन्डाले चन्द्रकोट गाउँपालिकाको सम्रग विकास स्थीतिलाई समेटेको उनको दावी रहेको छ ।

आफ्नो गाउँ आफै बनाउ भन्ने धारणा बोकेका उनले दिनहुँ युवाहरु विदेशीरहेको परिपेक्षमा आफू अध्यक्ष भएपछि यो अवस्थाको अन्त्य गरि पालिकाबासी युवाहरुमा रोजगार प्रदान गरि आफ्नै माटोमा रमाउन सक्ने उर्जामय जोस,जागर प्रदान गर्ने उनको अठोट रहेको छ ।
उनको चुनावी प्रतिबद्धताले गुणस्तरिय शिक्षा,  स्वास्थ्य,  खानेपानी,  रोजगारी,  वनपैदावार खेलकुद, पर्यटन, कृषि, सिंचाई सडक तथा यातायात लगाएत विभिन्न पक्षलाई समेटेको छ ।

आफूले सार्वजनिक गरेको घोषणापत्रमा भएका सबै कुरालाई ५ वर्षको अवधिमा पूरा गर्ने जनतासामू बाचा गरेका छन । गाउँपालिकाको विकासको लागी आफू र गठबन्धनले पालीकामा विकासको छलाङ्ग मार्ने उनको भनाई  छ । आफूले बोल्ने भन्दापनि काम गरेरै देखाई आफ्नो कार्यकालमा चन्द्रकोट गाउँपालिकालाई नमुना बनाई पालिकाको स्वर्णिम भविष्य निमार्ण गर्ने उनको अठोट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?