निर्वतमान अध्यक्ष जिसी भन्छन् : बाकि रहेका कामलाई पूर्णतादिन उम्मेदवारी दिएको हु !

निराजन पौडेल
तानसेन, पाल्पा
बैशाख २६ ।

वैशाख ३० मा हुन लागेकोे आसन्न स्थानीयतह निर्वाचन आउन अब केही दिन मात्र बाकि छ । उम्मेदवारहरु आ- आफ्ना चुनाव चिन्ह लिदै जनताहरुको घरदैलोमा पुगी गाउँ समृदी पार्ने योजनाको फेहरिस्त सुनाईरहेका भेटिन्छन् । प्रमूखपदमा रहेर स्थानीयतह हाँकेका धेरै अनुहार आगामी ३० गते हुने आसन्न स्थानीयतहको निर्वाचनमा उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।

यिनै मध्येका एक हुन पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिकाको अध्यक्षपदका उम्मेदवार नारायण बहादुर जिसी । उनी सँग अभावको एउटा सिङ्गो पृष्ठभुमी छ । निम्नवर्गीयपरिवारमा जन्मिएका जिसीको प्राय समय घाँस दाउरा मेलापातमै बित्थ्यो । यसकारण उनलाई श्रमको महत्व बारे स्पष्ट अवगत छ । त्यसैले आफ्नो गाउँका हरेक अभाव बाट गुज्रिएका परिवारको लागी रोजगार कसरी दिलाउने भनेर विभिन्न प्रयासहरु गरिरहेका छन् ।

जिसी अहिले नेकपा एमालेको तर्फबाट रिब्दीकोट गाउँपालिकाको अध्यक्षपदका उम्मेदवारको रुपमा चुनावी प्रतिस्पर्दामा छन् । उनी आफ्नो पहिलो कार्यकालमा विभिन्न उदाहरणीय विकास निर्माणका काम गरि जनताको मन मस्तीष्कमा बस्न सफल भएका छन् । विभिन्न हिसाबले दुर्गम रहेको रिब्दीकोट गाउँपालिकामा उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटन, पशुपालन, खानेपानी, सरसफाई, सिंचाई, सामाजिक विकास लगाएतका क्षेत्रहरुमा आमूल परिर्वतन गरेका छन् । उनी भन्छन ‘आफ्नो गाउँमा नमूना योग्य केहि परिवर्तन गर्नुपर्छ जसको कारण भावि पुस्ताले समेत आफूलाई सम्झीयोस ।’

आधुनिक कृषि प्रणालीलाई अपनाउनु पर्छ भन्ने धारणा भएका जिसीले कृषिमा आधुनिकीकरण गर्न सकियो भने गरिवी निवारण खाद्य सुरक्षा, आर्थिक वृदि एवं आर्थिक विकास सम्भव छ भन्ने धारणा अघि सार्रछन् । पालिका एवं सिङ्गो जिल्लामा  राम्रो छवि बोकेका जिसीले ‘आफ्नो गाउँ आफै बनाउ’ भन्ने धारणामा विश्वास गर्छन् । प्रथम कार्यकालमा बाकि रहेका विभिन्न कामहरु सम्पन्न गर्नकै लागि भएपनि जिसी ज्यू पुनः पालिकामा निर्वाचित भएर आउनैपर्छ भन्ने आम पालिकाबासीको धारणा रहेको छ ।आउदो कार्यकालमा विभिन्न क्षेत्रमा उलेख्य प्रगति गरि प्रत्येक पालिकाबासीलाई आत्मनिर्भर बनाउने उनको अठोट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?