पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको नाइन एन–एइटी जहाज बेपत्ता भएपछि खोजीमा गएको हेलिकप्टर मुस्ताङ फर्किएको छ । फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फिर्ता आएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीका लागि पठाइने विज्ञप्ति निकालेर उल्लेख गरेको छ । साथै नेपाली सेनाको टोलीलाई पनि खोजी कार्यका लागि पठाइएको छ ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए । जसमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए ।






