दुर्घटना भएको तारा एयरको जहाज भेटियो, अझै निभेको छैन आगो

आइतबार विहानदेखि हराइरहेको तारा एयरको ट्वीनेटर विमान दुर्घटना भएको अवस्थामा भेटिएको छ। उक्त जहाजमा अझै आगो लागिरहेको बताइएको छ।

मुस्ताङको खासाङ–२ लांकेखोलामा दुर्घटनाग्रस्त अवस्थामा उक्त विमान भेटिएको नेपाली सेनाका मध्य कमाण्ड प्रमुख बाबुराम श्रेष्ठलाई उदृत गर्दै नेपाल टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ।

१९ यात्रुसहित २२ जना बोकेर पोखराबाट जोमसोमका लागि आइतबार विहान ९ः५५ मा उक्त विमान उडेको थियो। १०ः१२ देखि विमान सम्पर्कमा थिएन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?