लुम्बिनी प्रदेश राज्यमन्त्रीद्वारा प्रेमीको घर तोडफोड, प्रहरीले नियन्त्रणमा लियो

माओवादी कार्यकर्ता एकराज कार्कीसँगको ‘चुम्बन तस्बिर’ प्रकरणले विख्यात भएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली फेरि विवादमा तानिएकी छन्। प्रेमी भनिएका कार्कीको घरमा तोडफोड र झगडा गरेको अभियोगमा वली प्रहरी नियन्त्रणमा छन्।

उनलाई स्थानीयले घेरेपछि कार्कीको घरबाट प्रहरीले नियन्त्रणमा राखेको थियो। वलीले कार्कीका घरका सदस्यमाथि कुटपिट गरेकी छन्। सांसद रहेका बेला नै उनको चुम्बन प्रकरणको तस्बिर भाइरल भएको थियो। पति उत्तरकुमार वलीको मृत्यु भएपछि उपनिर्वाचनमा उनले प्रदेश सदस्य जितेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?