राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को राजीनामा मागेका छन् ।सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले करको दर निर्धारण गर्ने संवेदनशील कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य भएको बताउँदै अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गरेका छन् ।
‘बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशील तथा गोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य हो । अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजीनामा दिनुपर्छ । अन्यथा उहाँलाई प्रमले पदबाट हटाउनुपर्छ वा पार्टीले फिर्ता बोलाउनुपर्छ,’ थापाले लेखेका छन् ।





