सरकारले दिएको दुई दिन सार्वजनिक विदा खारेज भएपछि आजदेखि कार्यालय समय र बिदा पुरानै कायम भएको छ ।गृहमन्त्रालयले एक सूचना जारी गर्दै दुई दिन विदा खारेज भएको र कार्यालय समय र विदा पुरानै कायम भएको जनाएको हो ।आजदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने छ ।





