नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री देउवा राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध लागेको बताएका छन् । रावलले आफूले समेत हस्ताक्षर गरेर बनाएको संविधानप्रति प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाए ।
आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री नआएकोप्रति आपत्ति जनाउँदै रावलले बैठकले निर्णय गरेर देउवाप्रति खेद व्यक्त गर्नुपर्ने बताए । उनले बैठकबाट एसपीपी सम्बन्धी अहिलेसम्मका प्रस्ताव रद्द गरेको पत्र लेख्न सरकारलाई निर्देशन दिनुपर्ने समेत बताए ।
बैठकमा रावलले भने, ‘हिजो म पनि त्यो उहाँलाई प्रधानमन्त्री बनाउने समय सम्झन्छु । संविधानको रक्षा गर्न,लोकतन्त्र अप्ठेरोमा पर्यो भनेर मैले पनि सही गरेर प्रधानमन्त्री बनाइयो । इतिहासमा त्यसको समिक्षा होला, यही हो लोकतन्त्रको रक्षा गरेको रु यही हो संविधानको रक्षा गरेको यस्तो गैरजिम्मेवारी पनि हुन्छ समितिले खेद व्यक्त गर्नुपर्छ उहाँप्रति ।’ नेता रावलले प्रधानमन्त्री देउवा संसदबाट भागरे गल्ती ढाकछोप गर्न लागेको बताए ।





