सुनको मुल्य घट्यो

आज (आइतबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । छापावाल सुनका मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ कायम हुँदा तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा आइपुगेको छ । अघिल्लो कारोबार दिन शुक्राबार छापावाल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?