सांसदहरूको मानमर्दन गर्दै अर्थमन्त्रीले भने– मन्त्रालयको फुटेज हेर्ने तिनिहरू को हुन् ‘जति प्रश्न उठे पनि म राजीनामा दिन्नँ, दिनपर्ने कारण छैन

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’ले प्रतिनिधिसभा सदस्यहरूको मानमर्दन हुने अभिव्यक्ति दिएका छन् ।

आर्थिक वर्ष २०७९र०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै उनको चौतर्फी आलोचना भइरहेका बेला प्रश्न उठाउने सांसदहरूमाथि नै उनी खनिएका हुन् । संसदमा सांसदहरूले उठाएको प्रश्नहरूलाई लक्षित गर्दै आइतबार एक टेलिभिजन अन्तर्वार्तामा उनले सीसी क्यामेरा फुटेज हेर्ने तिनीहरू को हुन भन्दै प्रश्न गरेका हुन् ।

बजेटबारे जनता, कर्मचारी र व्यवसायीलाई सोधेर उनीहरूको प्रतिक्रियाको आधारमा धारणा बनाउन आग्रह गर्दै उनले भने, ‘बजेटमा कहाँ छ राष्ट्रघात, कहाँ छ बद्मासी रु करका दर एक्सपोज भएको भए कहाँ भयो रु कसले के गर्यो रु कसरी एक्स्पोज भयो नभएको कुरा गरेर त्यत्तिकै विषय उठाएर हुने हो र

संसदमा संसदीय छानविन र सीसी क्यामेराको फुटेज माग भएको सम्बन्धमा गरिएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सांसदहरूकै मानमर्दन हुनेगरी भनेका छन्, ‘सीसी क्यामेरा हेर्ने ती को हुन् रु सरकारले हेर्ला नि त आवश्यक परे । एमालेले सीसी क्यामेरा हेर्न पाउनुपर्छ भन्दैमा दिनुपर्ने के छ त्यो मैले गरेको निर्णय हो र

यद्यपि, सीसी क्यामेरा हेर्नेले हेर्न पाउने भन्दै उनले आफूले कतै रोक्ने काम नगरेको स्पष्ट पारेका छन् । ‘मैले रोकेको छु र  नहेर भनेको छु र उनले भनेका छन् ।

अर्को प्रसङ्गमा उनले आफूमाथि जति प्रश्नहरू उठे पनि राजीनामा नदिने बताएका छन् । आफूले ल्याएको बजेट उत्कृष्ट भएको दाबी गर्दै उनले आफू राजीनामाको पक्षमा नरहेको स्पष्ट पारेका हुन् । रोजगारी सृजना, गरिबीको अन्त्यलगायत कामको नेतृत्व आफूले गरिरहेको भन्दै राजीनामा कुनै हालतमा नगर्ने उनको अडान .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?