टेलिभिजनबाट राजीनामा दिएर राजनीतिमा आएका प्रस्तोता रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् ।
राष्ट्रियस सभा गृहमा मंगलबार आयोजित कार्यक्रममा लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेका हुन्।
उनका समर्थकहरुको बाक्लो उपस्थितिमा पार्टी घोषणा गरिएको हो । उनले काठमाडौँको कुनै क्षेत्रबाट आगामी संसदीय निर्वाचनको चुनाव लड्ने बताइएको छ ।





