मूल्यवृद्धिको विरोधमा एमाले कार्यकर्ताले सरकारी गाडीका चाबी खोसे

 

 

 

नेकपा एमालेका कार्यकर्ताहरुले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका छन् ।

नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन् ।युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चावी खोसिदिएका छनधनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?