ओमप्रकाश पुनसहित ४ नेताले छाडे विप्लवको साथ

नेत्रविक्रम चन्दविप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य सेती(महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् ।जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका हुन् ।

‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।आफूहरुले सामूहिक राजीनामा दिएको पुष्टि गर्दै सेती महाकाली इन्चार्ज रहेका ओमप्रकाश पुनले अनलाइनखबरसँग भने, ‘कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणलाई महसुस गर्यौं । हाम्रो नेतृत्व अहिले यो दिशामा जाने स्थिति देखिएन, टुटफुट र विभाजित भएका कम्युनिष्ट शक्तिहरू (साना समूहमा बसेर हुँदैन ।’}

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?