आज देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् ।केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् ।पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार पालिकाहरुले बजेट ल्याउन लागेका हुन् ।केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।





