सुनको मूल्य आइतबार प्रतितोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रहेको सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





