भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।उनको शनिबार र्यापिड एन्टिजेन टेस्ट गरिएको थियो, जसमा उनी पोजेटिभ देखिएका हुन् । रोहित शर्मा अहिले बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया बीसीसीआईको मेडिकल टीमको निगरानीमा रहेको बताइएको छ ।बीसीसीआईले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘टीम इन्डियाका कप्तान रोहित शर्मा शनिबार गरिएको र्यापिड एन्टिजेन टेस्टआरएटी मा कोभिड–१९ पोजिटिभ देखिएको छ । उनी अहिले टोलीको होटेलमा आइसोलेसनमा छन् र उनको उपचार भइरहेको छ ।’





