घट्यो गाडी भाडा, कुन रूटमा कति पुग्यो भाडादर रु

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।यात्रुबाहक सवारीको भाडा ५।४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६।९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७।६८ प्रतिशतले घटेको छ ।सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो । यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?