सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय

सत्तासाझेदार दल जनता समाजवादी पार्टी जसपाले सरकारमा सहभागी सबै मन्त्रीलाई एकसाथ फिर्ता बोलाउने निर्णय गरेको छ ।सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय समेत गरेको छ । कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई पक्षीय नेतालाई भने नबोलाइएको बताइएको छ ।

दुई दिनअघि मात्र एकीकृत समाजवादीका तर्फबाट मन्त्रिमण्डल हेरफेर भएको थियो । त्यसलगत्तै जसपाले पनि सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । यससँगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डल पुनः हेरफेर हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?